आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

आइतबार, ०८ साउन २०७९, १७ : ००
आइतबार, ०८ साउन २०७९

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपुग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । 

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप