आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी चलाउन र चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नुपर्‍यो : नारायणकाजी श्रेष्ठ

आइतबार, ०८ साउन २०७९, १६ : ४४
आइतबार, ०८ साउन २०७९

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी चलाउन र चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नुपर्ने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले जुनसुकै पार्टी भएपनि विदेशीको पैसा लिएर चलाउन नहुने जिकिर गरे । 

देशभक्तिपूर्ण आन्दोलन चलाउन बुँदागत रुपमा राखेका श्रेष्ठले दोस्रो नम्बरमा आफ्नो स्वार्थको निम्ती पार्टी र गुट चलाउन विदेशीलाई स्वीकार गर्ने वा आमन्त्रण गर्ने काम बन्द गर्नुपर्ने बताए । तेस्रो बुँदाको रुपमा श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्ने नाममा अर्थ मन्त्रालयको प्यारा मिटर भन्दा बाहिर गएर विदेशी राजदूतावास धाएर आर्थिक र भौतिक सहयोग लिन बन्द गर्नुपर्ने बताए ।

‘आफ्नो निर्वाचन क्षेत्रको भोट सुरक्षित गर्ने भन्दै विकास गर्ने नाममा अर्थ मन्त्रालयको विकासको प्यारा मिटरभन्दा बाहिर गएर विदेशी राजदूतावासबाट आर्थिक र भौतिक सहयोग लिन बन्द गर्नुपर्यो । नेताहरु तयार हुनुहुन्छ ?’ श्रेष्ठले भने, ‘आफ्नै छोराछोरी, आफ्नै नातेदार र भोट ब्याङ्क भएका कार्यकर्ताका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गर्नुपर्यो । यी सबै कार्य स्वाभिमानका साथ अघि बढ्न तयार भए सही दिशातिर जानसक्छौ ।’

अन्ध विरोधी र अन्ध सहयोग गर्ने नेता कार्यकर्ता समेत काम नभएको उनले बताए । आलोचनात्मक चेत भएको योग्य र सक्षम नेता कार्यकर्ता बन्न सक्नुपर्ने श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप