सरकार सत्ता टिकाउनमा केन्द्रित छ : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए । अध्यक्ष लिङ्देनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए । उनले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष लिङ्देनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे । उहाँले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भएपनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गरे । उनले आफूले देश र जनताको विकासका मुद्दा उठाएकाले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
-
पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिए
-
जनकपुर बोल्ट्सको जितको कामना गर्दै गरियो पूजापाठ
-
एनपीएल फाइनल : सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
-
पारस खड्काले भने– टिकट नभएकाले घरबाटै क्रिकेटलाई सहयोग गर्नुहोस्
-
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की