श्रीलंकाविरुद्ध सहज जितका लागि मैदान उत्रनेछौँ : प्रशिक्षक केसी
नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । भुवनेश्वरमा आज भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीले तयारी पूरा गरेको र उपाधिका लागि खेल्ने बताए । करिब २ महिनादेखि टोलीले तयारी गरिरहेको टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए ।
कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो । केसीले पहिलो खेलमा नै सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने बताए ।
‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन,’ प्रशिक्षक केसीले भने–‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । माल्दिभ्स राम्रो टोली हो । तर हामी यहाँ जित्न आएका हौं ।’
त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताएका छन् । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए । ‘प्रतियोगितका लागि हामी तयार छौं । हामी जितका लागि खेल्नेछौँ,’ घलानले भने । प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे हुनेछ ।
पत्रकार सम्मेलनमा माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न प्रतिस्पर्धात्मक हुने बताएका छन् । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।
यसअघि यू–१९ र यू–१८ उमेर समूहमा हुँदै आएको प्रतियोगिता यस पटक यू–२० उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो । प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने
-
उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा
-
गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न
-
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
-
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
-
प्रहरीद्वारा शोभा पाठक पक्राउ