सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उपत्यकामा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गरिने

आइतबार, ०८ साउन २०७९, १५ : ५२
आइतबार, ०८ साउन २०७९

नेपाल पर्यटन बोर्डले काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक पुरातात्विक शहरहरुमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने भएको छ । आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना, २०७९ जारी गर्दै पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो । 

काठमाडौं उपत्यका भित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्ने अवधारणा अनुरुप काठमाडौं,पाटन,भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।  यस्तो योजना नेपाल सरकार, स्थानीय तह र नेपाल पुलिससँगको समेत सहयोगमा दुई महिनाभित्र शुभारम्भ गरि सकिने मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप