मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिपछिको सेयर बजार : ६१ अंकले बढ्दा २ अर्ब ७३ करोडको कारोबार

आइतबार, ०८ साउन २०७९, १५ : ३६
आइतबार, ०८ साउन २०७९

मौद्रिक नीतिपछिको पहिलो दिन नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसपछि आइतबार खुलेको बजारमा एकैदिन ६१ अंकको वृद्धि आएको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६१.०५ अंकले बढ्दै २ हजार ७८.५१ अंकमा उक्लिएको हो । उसो त उत्साहजनक बजारमा आज २ अर्ब ७३ करोड ९ लाख माथिको कारोबार भएको छ । 
मौद्रिक नीतिले यसअघिको सेयर धितो कर्जा (मार्जिन ल्यान्डिङ) को ४/१२ को व्यवस्थामा परिमार्जन गर्दै सो व्यवस्थाको तल्लो सीमा खारेज गरेसँगै लगानीकर्ताहरुमा उत्साह बढेको देखिन्छ । 

यस दिन सबै उपसूचक बढेर बजार नै हरियाली भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.२२ प्रतिशतले वृद्धि भएको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.१ प्रतिशतले, ट्रेडिङ समूह ४.४४ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.९१ प्रतिशतले, हाइड्रोपावर समूह ३.६८ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२१ प्रतिशतले बढेको छ । 

यस्तै, होटल तथा पर्यटन समूह २.७५ प्रतिशतले, जीवन बीमा समूह २.१६ प्रतिशतले, बैंकिङ समूह १.६७ प्रतिशतले, म्यानु एण्ड प्रो १.९४ प्रतिशतले निर्जीवन बीमा समूह १.४५ प्रतिशतले र म्युचुअल फन्ड १.१६ प्रतिशतले बढेको छ । 
यस दिन तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा माथिका कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतले बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप