जब एउटा सांसद बोलिरहेका बेला सभामुखले अर्को सांसदलाई चोर औँला देखाए...
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद विद्या भट्टराई बोल्दै थिइन् । उनले भनिरहेकी थिइन्–‘सम्माननीय सभामुख महोदय, प्रारम्भिक बाल विकासदेखि ८ कक्षा आधारभूत शिक्षाको अभिन्न अंगका रुपमा राज्यले स्वीकार गरेको छ । मौलिक हक अन्तर्गत रहेको शिक्षा र शिक्षा नीतिले स्पष्ट रुपमा समाविष्ट गरेको आधारभूत शिक्षाको एउटा तह बाल विकासको उचित तह प्रतिस्थापन सरकारले हालसम्म पनि गर्न सकिरहेको छैन । २०७८–७९ मा बाल विकासमा कार्यरत सहयोगी कार्यकर्ताहरूको प्रारम्भिक तलब न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरेअनुसार उहाँले तलब प्राप्त गर्नुभएको छैन । नियुक्तिको समयमा ९ बजेदेखि २ बजेसम्म काम गर्ने अवधि तोकिए पनि उहाँहरुले विद्यालय र सामाजिक आवश्यकताअनुसार ९ बजेदेखि ५ बजेसम्म काम गर्नुपर्ने अनिवार्यता छ । नियमअनुसार....त्यत्तिकैमा सभामुख अग्नि सापकोटा चोर औँला देखाएर भन्छन् – ‘माननीय सदस्य तपाइँले उहाँ बोल्दाबोल्दै जानु भो । अहिले गइहाल्नुभयो आइन्दा त्यसो नगर्नुहोला’ उनले सांसद भट्टराईलाई आफ्नो भनाई जारी राख्न भने ।
...नियमअनुसार ४ वर्षका देखि बालबालिका भर्ना हुने भनेपनि उहाँहरुले २ वर्षका बालबालिकाहरूदेखि सेवा दिइराख्नुभएको छ । बाल विकासमा कार्यरत सहयोगी शिक्षकमाथि राज्यद्वारा (समय सकिएकोले माइक काटिन्छ )
किन यसो गरे सभामुख सापकोटाले ?
प्रतिनिधिसभा नियमावली २०७५ मा नियम २० मा संसद बैठक चलिरहेका बेला पालना गर्नुपर्ने नियमहरु रहेको छ । नियम २० को (छ) मा सभामुखको आसन तथा बोलिरहको सदस्यको बीचबाट हिँडन र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने व्यवस्था छ । सांसद भट्टराई बोलिरहेका बेला एकजना सांसद उनको अगाडिबाट हिँडेपछि सभामुख सापकोटाले उनलाई त्यसरी सचेत गराएका हुन् ।
बैठकमा पालना गर्नुपर्ने नियमहरु यस्ता छन् :
–सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने
–सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्ने
–बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने,
–सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने
–बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक उभिएर बोल्नुपर्ने
–सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने
–सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने
–कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने
–बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने र
–बैठक कक्षमा फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै