वर्तमान सरकार गरिबी उत्पादनमा उद्यत : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार गरिबी उत्पादनमा उद्यत रहेको आरोप लगाएका छन् । सुर्खेतमा आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गरिबी नियन्त्रणमा कुनै काम गर्न नसकेको बताए ।
एमालेले तीन वर्ष सरकार चलाउँदा निरपेक्ष गरिबीको रेखामुनि रहेको २९ प्रतिशत जनसङ्ख्यालाई झारेर १७ प्रतिशतमा ल्याएको उनको दाबी थियो । ‘त्यही रूपमा काम गर्न दिएको भए गरिबीमा कमी आउँथ्यो,’ उनले भने, ‘त्यो कामलाई रोकियो । एमालेको नेतृत्वमा राष्ट्र निर्माणको तीव्रता लिएको थियो, त्यसलाई एमाले निरङ्कुशता गयो भनेर रोकियो ।’
उनले प्रश्न गरे, ‘विकासलाई निरङ्कुशता देख्ने तथा बेरोजगारी र गरिबीलाई लोकतन्त्र देख्ने मानसिकता सार्थक हुन्छ ?’ उनले आफूलाई कर्णाली विरोधी भनेर चित्रण गरिएकोमा पनि आपत्ति जनाए । लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा उनले ‘भेरी बबई डाइभर्सन’को ‘ब्रेक थ्रु’ कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर कतिपयले उनलाई कर्णालीका विरोधी भनेर टिप्पणी गरेका थिए ।
‘स्वाभाविक रूपमा भेरी नदीको पानीको प्रयोग यहाँको जमिनमा नगर्ने भनेको होइन । पानीको प्रयोग गर्ने जमिन कति छ ? पानी त बगेर जान्छ नै,’ उनले भने, ‘अहिले पनि पानी बगेर इन्डियामा गइरहेको छ । त्यही पानीलाई नेपालको भूमिमा प्रयोग गर्ने भन्ने कुरा गलत हो ?’
इन्डियामा बगेर गइरहेको पानीलाई नेपालमै प्रयोग गरेर खाद्यान्न उत्पादन बढाउनुपर्छ भन्ने कुरा कर्णालीका जनताको विपक्षमा हुन्छ र भन्दै उनले प्रश्नसमेत गरे । कर्णालीबाट बगेर गएको पानीबाट बाँके, बर्दियामा सिँचाई भयो भने त्यहाँ उत्पादन हुने खाद्यान्नले कर्णालीलाई पनि सहयोग गर्छ भन्ने आशयले आफूले त्यतिबेला अभिव्यक्ति दिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण