टिपर चलाउन स्थानीयले रोक लगाए
बाराको सिमरा–कोहल्वी सडकखण्ड अन्तर्गत दूरसञ्चारदेखि विमानस्थल हुँदै विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ सम्मको करिव ५ किलोमिटर सडकमा स्थानीयले टिपर चलाउन रोक लगाएका छन् । जीर्ण सडक मर्मत नभएको भन्दै स्थानीयहरुले टिपर चलाउन रोक लगाएका हुन् ।
साँघुरो सडकमा तीव्र गतिमा बालुवा बोकेर गुँडेका टिपरहरुका कारण दुर्घटनाको जोखिम बढेको तथा स्वास्थ्यमा समेत गम्भीर समस्या देखिन थालेको भन्दै स्थानीयहरुले ५ दिनदेखि सो क्षेत्रमा टिपर चलाउन रोक लगाएका हुन् ।
जीतपुर सिमरा उपमहानगर वडा नं १ का स्थानिय मदनबहादुर क्षेत्रीले तीव्र गतिमा गुडेका टिपरका कारण धुलो उडेर घरमा बस्न समेत समस्या हुने गरेको बताए ।
‘बाटो मर्मत नहुँदा धुलो उडेर हाम्रो स्वास्थ्यमा धेरै ठुलो समस्या देखिएको छ, सानातिना खाल्टाखुल्टी पुरेर पानी हाल्लदिनुस् भन्दा सेजले बनाइदिन्छ भन्छन्, नगरपालिकाले यो बाटो हामीले बनाउने होइन भन्छ’ ६ दशक उमेर नाघेका उनले भने, ‘नगरपालिकाले पहल गनुपर्ने ठाउँमा हामीलाई झुक्याएर भोलि र पर्सी भनेर धेरै नै पीडित बनाइएको छ’ ।
करिव ३ दशकअघि वीरगञ्ज चिनी कारखानाले बयलगाडाको माध्यमवाट औराहा, डुमरवानादेखि वीरगञ्जसम्म उखु ओसार्न सो सडक निर्माण गरेको थियो । सिमरा–कोहल्वी सडकखण्डको औराहा, डुमरवाना, बर्डहवा हुँदै कलैया उपमहानगर, कोहल्वी नगरपालिका र जीतपुर सिमरा उपमहानगरका आधा दर्जन वडाहरुलाई यसै सडकले छोएको छ । दैनिक सयौँको संख्यामा खोलाजन्य पदार्थ बोकेर यो बाटो भएर टिपहरु गुड्ने गरेका छन् । दुधौरा, वालगंगा र पसाखा खोला छेउमा अवैध ढंगले सञ्चालन गरिएका बालुवा उद्योगमा यी टिपरहरु पुग्ने गर्छन् ।
जीर्ण सडक विशेष आर्थिक क्षेत्र प्राधिकरणले बनाइदिन्छ भन्दै वडाले मर्मतसम्भारमा समेत वेवास्ता गर्दै आएको स्थानीयहरुको गुनासो छ । तर सेजले औद्योगिक करिडोरदेखि सेजसम्म पुग्न पुरानै सडकलाई ४ लेनको बनाउने वा वैकल्पिक बाटो खोज्ने भन्ने विषयमा निर्णय गरेको छैन ।
मधेश प्रदेश सभा सदस्य शोभा लामाले सिमरा दूरसञ्चारदेखि सेजसम्मको सडक संघीय सरकार मातहत रहेकाले स्थानीय तहले मर्मतसम्भार मात्रै गरेर भएपनि तत्कालको समस्या समाधान गनुपर्ने बताइन् । स्थानीयहरुले सडक मर्मत नगरेसम्म टिपर चलाउन नदिने अडान लिएका छन् ।
जीतपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेल दुरसञ्चारदेखि सिमरा विमानस्थलको दुवैतर्फ जीर्ण सडक बनाउन डेढदेखि २ करोडसम्म बजेट लाग्ने भएकोले तत्कालका लागि श्रोत नभएको बताए । ‘यो सडक संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने भएकोले मर्मत सम्भारको लागि सडकबोर्डसँग कुराकानी भइरहेको छ’ नगरप्रमुख पौडेलले भने, ‘उपमहानगरले बनाउन डेढदेखि २ करोड लाग्छ, हामीसँग अहिले त्यति स्रोत पनि छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण