सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भारतको ‘अग्निपथ’ योजनामा नेपाली लिए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ : भीम रावल

आइतबार, ०८ साउन २०७९, २३ : ०१
आइतबार, ०८ साउन २०७९

नेकपा एमालेका सांसद भीम रावलले भारतले अघि सारेको ‘अग्निपथ’ योजनामा नेपालीलाई लिए गोर्खा भर्ती सन्धि खारेज गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले भारत सरकारको अग्निपथ योजना गोर्खा सैनिक भर्ती सन्धि विपरित रहेको बताउँदै सो का लागि नेपाली भर्ना गरेर सन्धि खारेज गर्न माग गरेका हुन् । 

उनले अग्निपथ योजना अन्तर्गत भारतीय सेनामा सहभागिता हुने गरी ४ वर्षका लागि भर्ना खोलिएको, त्यसरी भर्ती भएकाहरुले जल, स्थल र आकाशमा खटाइएको ठाउँमा काम गर्नुपर्ने र सेवामा खटाइएकाले उपदान, महँगी भत्ता तथा अरु सेनाले जस्तो पाउने सुविधा नपाउने बताए । सो योजनाअन्तर्गत भर्ती भएकाहरुलाई कुनै पनि समय सेवाबाट हटाउन सकिने प्रावधान गोर्खा भर्ती सन्धि विपरितको प्रावधान भएको बताए ।  

गोर्खा भर्ती सन्धिअनुसार भारतीय सेनामा भर्ती हुने नेपालीको हकमा उक्त प्रावधान लागू होला कि नहोला भनेर उनले प्रश्न गरे । उनले यसबारे सरकारलाई जानकारी छ कि छैन, भारत सरकारसँग कुरा गरेको छ कि छैन भने प्रश्न गरे । 
उनले अग्निपथ कार्यक्रमका लागि नेपालीहरुलाई भर्ना गरे गोर्खा भर्ती सन्धिको उल्लंघन हुने बताए । यस्तो भएमा नेपालले सो सन्धि रद्ध गर्नुपर्ने बताए । 

साथै सांसद रावलले अमेरिकी साझेदारी कार्यक्रम एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सम्बन्धी अमेरिकालाई पत्र पठाउन सभामुख सापकोटाले निर्देशन गरेको ५ दिन बितिसक्दा पनि सरकारले ध्यान नदिएको बताए । उनले भने– ‘सरकार कहाँ छ यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने ? समितिले असार ५ गते नै निर्देशन दिएको थियो । सार्वभौम सदनमा सभामुखले दिएको निर्देशन समेत नसुन्ने ? सरकारले कान नसुन्न कहिलेदेखि श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ?’

सरकारले नसुनेका कारण आफू रोष्ट्रममा उभिन बाध्य भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप