‘कथित जिम्मेवार दलले नै संघीयता खारेजीको नारा उठाउँदैछन्’
सांसद हृदयेश त्रिपाठीले कथित जिम्मेवार दलहरुले नै संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा उठाउन लागिएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद त्रिपाठीले संविधान, संघीयता र धर्मनिरपेक्षतामाथि आघात पुग्नेगरी मुद्दा उठाउने खतरा रहेको बताएका हुन् ।
‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार,धर्मनिरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालतजस्ता विषयलाई जिम्मेवार कथित दलहरुले नै नारा बनाएर निर्वाचनमा जाने लक्षण देखिँदैछ’, त्रिपाठीको भनाइ छ ।
उनले राजनीतिशास्त्री र समाजशास्त्री दृष्टिकोणले आफुले राम्रो काम गर्न नसक्नेहरुले त्यस्ता मुद्दा उठाउन लागिएको बताएका हुन् । ‘राजनीतिशास्त्री र समाजशास्त्री दृष्टिकोणले हेर्ने हो भने आफुले राम्रो काम गर्न नसकेको तथा दुरदृष्टिको अभावले यस प्रकारका प्रतिगामी नाराको सहारा लिनमा लिप्त भएका हुन्छन्’, त्रिपाठीको भनाइ छ ।
उनले यस्ता मुद्दा उठे लोकतन्त्र नै जोखिममा पर्नसक्ने भन्दै आलीले नै बाली खाएपछि कसरी बाली बचाउन सकिन्छ ? भनेर प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना