भक्तपुर दुर्घटना अपडेट : ३ जनाको मृत्यु

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा.६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा, सर्लाहीको हरिवन घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर–२ घर भई चाँगुनारायण बस्ने वर्ष ५५ का न्हुच्छेराम बखते छन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेको च्यापेको थियो । दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ ।
घाइतेहरू :
१. नीरबहादुर राई, ४१ वर्ष । कञ्चनपुर घर भई स्वयम्भु बस्ने ।
२. समिर आचार्य , १९ वर्ष । पर्वत जलजला–७ घर भई शंखमुल बस्ने ।
३. मृगी लिम्बु, १२ वर्ष । पाँचथर घर भई भक्तपुर सल्लाघारी बस्ने ।
४.आसरा लिम्बु, पाँचथर घर भई भक्तपुर बस्ने ।
५.सागर शर्मा, पर्वतको फलेवास घर भएका ।
६. सिमरन लगेजु, १८ वर्ष । भक्तपुर–७ बस्ने ।
७. लक्ष्मी दुवाल, ४८ वर्ष । भक्तपुर नगरपालिका–८ बेला बस्ने ।
८. रितेश बासुकला, वर्ष १९ । भक्तपुरको कमलविनायक बस्ने ।
९. निता लिगल, १८ वर्षीया । भक्तपुर चाँगुनारायण बस्ने ।
१०. पदम बहादुर हेतु, वर्ष ६८ । (ठेगाना नखुलेको)
११. होमबहादुर मगर । २२ वर्ष । रामेछाप घर । (बस चालक)
१२. आकाश वाइवा, १६ वर्ष । सर्लाही घर (सहचालक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक