बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साना बच्चाको आँखामा गाजल लगाउँदा यस्ता हानी

आइतबार, ०८ साउन २०७९, १४ : ०८
आइतबार, ०८ साउन २०७९

नेपालमा बच्चा जन्मिएको केही समयपछि गाजल लगाउने प्रचलन छ । बच्चालाई गाजल लगाइदिँदा आँखाको सुन्दरता बढ्ने र स्वस्थ हुने मान्यता राखिन्छ । तर गाजल लगाउँदा बच्चाको आँखालाई गम्भीर हानी हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ ? वास्तवमा, गाजल बनाउनका लागि ५० प्रतिशतभन्दा बढी लेडको प्रयोग गरिन्छ जुन शिशुको आँखाका लागि निकै हानिकारक हुनसक्छ । लेडले आँखालाई मात्रै नभई, मृगौला, मस्तिष्क, बोन म्यारो र शरीरका अन्य अंगलाई प्रभावित गर्नसक्छ । शिशुको आँखामा गाजल लगाउँदा कस्ता समस्या निम्तिन्छन् भन्नेबारे जानकारी लिऔँ ।

संक्रमणको खतरा

शिशुको छाला निकै कोमल र सेन्सेटिभ हुन्छन् । थोरै मात्रै पनि लापरवाहीले शिशुमा संक्रमणको खतरा बन्ने गर्छ । यस्तोमा जब औँलाले उनीहरुको आँखामा गाजल लगाइन्छ भने संक्रमणको खतराब बढ्ने गर्छ । कतिपय अवस्थामा औँलाले गाजल लगाउँदा बच्चाको आँखामा चोटसमेत लाग्नसक्छ । यतिमात्रै होइन, कतिपटक त नुहाउने बेला बच्चाको आँखाको गाजल उनीहरुको मुख र नाकमा जाने डर पनि हुन्छ । बच्चाको मुखमा गाजल जाँदा बच्चाको पेटसँग सम्बन्धित समस्या पनि हुनसक्छ ।

चिलाउने

कतिपटक हामीले बजारमा उत्पादित गाजल प्रयोग गर्छौँ जसले बच्चाको आँखा चिलाउने समस्या निम्त्याउन सक्छ । बजारमा पाइने गाजलमा लेड पनि पाइन्छ जसले उनीहरुको दिमागको विकासमा बाधासमेत निम्त्याउन सक्छ । कतिपटक शिशुलाई गाजल लगाउँदा आँखामा बिमिरा पनि आउन सक्छन्, उनीहरुलाई चिलाउने, पोल्नेलगायतका समस्या हुनसक्छ ।

छालाको संक्रमणको खतरा

कतिपय अवस्थामा बालबालिकाले आँखामा लगाइएको गाजललाई हातले रगड्ने काम गर्छन् । यसो गर्दा छालामा संक्रमणको खतरा बढि हुन्छ । छालामा गाजल लगाउँदा बच्चामा बिमिरा, जलन महसुस हुनसक्छ ।

आँखाको ज्योति प्रभावित हुनसक्छ

कतिपटक त हामीले बच्चाको आँखामा असाध्यै धेरै गाजल लगाइदिन्छौँ । यसले बच्चाको आँखाको बीचको हिस्सा जसलाई कोर्निया भनिन्छ, त्यसमा क्षती पुग्नसक्छ । आँखाको यो हिस्सा निकै नाजुक हुन्छ, यसमा गाजल जाँदा आँखाको ज्योति प्रभावित हुनसक्छ ।

बच्चाको आँखाबाट पानी बग्ने समस्या

गाजल लगाउँदा बच्चाको आँखाबाट पानी बग्ने समस्या पनि हुनसक्छ । आँखामा गाजल लगाउँदा एलर्जी हुनसक्छ यसका कारण आँखा चिलाउने हुनसक्छ । साथै आँखाबाट पानी पनि बग्नसक्छ । कतिपटक गाजल बच्चाको आँखाको कुनामा जम्मा हुन्छ जसले बच्चामा संक्रमणको खतरा झनै धेरै बढाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप