शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक पुरस्कृत

आइतबार, ०८ साउन २०७९, १३ : ५५
आइतबार, ०८ साउन २०७९

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको छ । बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार प्राप्त गरेको हो । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ गरी लगातार तीन पटक पुरस्कृत भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र(विकास बैंक र वित्त कम्पनी समूह ), बीमा क्षेत्र, सार्वजनिक निकाय  र सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप