झापामा झुन्डिएका ३ किशोरीको शव परीक्षणका लागि धरान पठाइयो
आइतबार, ०८ साउन २०७९, १३ : १६

झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा झुण्डिएको अवस्थामा मृत भेटिएका ३ जना किशोरीको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले रातोपाटीलाई बताए ।
आइतबार बिहान सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । स्थानीय देउनिया खोला किनारको बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा रहेका शव प्रहरीले निकालेर परीक्षणका लागि पठाएको छ ।
कचनकवलस्थित बलेगाउँ घर भएका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना पढाइ छाडेर चिया बगानमा मजदुरी गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक