झापामा झुन्डिएका ३ किशोरीको शव परीक्षणका लागि धरान पठाइयो
आइतबार, ०८ साउन २०७९, १३ : १६
झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा झुण्डिएको अवस्थामा मृत भेटिएका ३ जना किशोरीको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले रातोपाटीलाई बताए ।
आइतबार बिहान सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । स्थानीय देउनिया खोला किनारको बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा रहेका शव प्रहरीले निकालेर परीक्षणका लागि पठाएको छ ।
कचनकवलस्थित बलेगाउँ घर भएका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना पढाइ छाडेर चिया बगानमा मजदुरी गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण