शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली निस्केपछि लुटेराहरूले फिर्ता गरे घडी

आइतबार, ०८ साउन २०७९, १२ : ५२
आइतबार, ०८ साउन २०७९

लुटेर लगेको घडी नक्कली रहेको थाहा पाएपछि इटालीको नापेल्स सहरमा लुटेराहरूले एक पर्यटकको घडी फिर्ता गरेका छन् । 

स्वीटजरल्याण्डका दुई जना पर्यटकहरू शनिबार सहरको मध्य भागमा रहेको पियाजा ट्राइस्टे इ ट्रेन्टो रेस्टुरेन्टमा बसेर खाइरहेका हुन्छन् । त्यतिबेला बेला एक युवक आएर एकजनाको कञ्चटमा बन्दुक तेसौउँदै घडी लुटेर लैजान्छन् । तर सात मिनेटपछि नै अर्का युवक आएर माफी माग्दै घडी मालिकलाई फिर्ता गरिदिन्छन् । यो कुरा रेस्टुरेन्टको सीसीटीभी क्यामेरासमेत कैद हुन्छ ।

लुटेराले रिसार्ड मिलको बहुमूल्य घडी सम्झेर त्यसलाई लुटेका थिए । तर, त्यो नक्कली निस्केपछि त्यसलाई फिर्ता गरेको पर्यटकको भनाई छ । ‘सरी सरी भन्दै उनीहरूले घडी फिर्ता गरे,’ एन्टोनियो भिस्कोनिटीले सीएनएनसँग भने, ‘सायद उनीहरू नक्कली घडीका लागि प्रहरीको लफडामा पर्न चाहँदैन थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप