आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लाइभस्ट्रिमका दौरान पूर्व पत्नीलाई जलाएर हत्या गर्ने पुरुषलाई चीनमा मृत्युदण्ड

आइतबार, ०८ साउन २०७९, १२ : २३
आइतबार, ०८ साउन २०७९

लाइभस्ट्रिमका दौरान आफ्नो पूर्व पत्नीलाई जलाएर हत्या गर्ने एक पुरुषलाई चीनमा मृत्युदण्ड दिइएको सरकारी मिडियाले जानकारी दिएको छ । टाङ लुलाई दक्षिणपश्चिममा रहेको सिचुवान प्रान्तको अदालतले मृत्युदण्ड दिएको ग्लोबल टाइम्सले जनाएको छ । उनलाई मृत्युदण्ड दिनअघि परिवारका सदस्यहरूलाई भेट्न दिइएको समाचारमा उल्लेख छ ।

टाङकी पूर्व पत्नी ल्हामो तिब्बतकी एक किसान र लाइभस्ट्रिमर थिइन् । यसअघि पनि टाङले ल्हामोमाथि घरेलु हिंसा गर्ने गरेका थिए । दुईबीच सन् २०२० को जुनमा सम्बन्ध विच्छेद भएको थियो ।

त्यसयता टाङले ल्हामोलाई पटक–पटक सम्पर्क गरेर पुनः विवाह गर्न आग्रह गरेका थिए । ल्हामोले भने उनको प्रस्ताव अस्वीकार गर्दै आइरहेकी थिइन् । 

सन् २०२० को सेप्टेम्बरमा ल्हामोले लाइभस्ट्रिम गरिरहेको बेला टाङ त्यहाँ पुगेर उनीमाथि पेट्रोल खनाएर आगो लगाइदिएका थिए । उनको दुई हप्तापछि मृत्यु भएको थियो । टाङलाई तत्काल पक्राउ गरिएको थियो भने सन् २०२१ को अक्टोबरमा मृत्युदण्डको सजाय सुनाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप