जिफन्ट महाधिवेशन : अध्यक्षमा श्रेष्ठ नै दोहोरिने
नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशनको दोस्रो दिन आइतबार विभिन्न देशबाट आएका मजदुर संगठनका नेताहरुले शुभकामना मन्तव्य राखेका छन् ।
उनीहरुको मन्तव्य सकिएसँगै महासंघका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गर्ने क्रम जारी रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जितेन्द्र श्रेष्ठले जानकारी दिए । ‘आइतबार नीतिगत प्रतिवेदन सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुन्छन । नीतिगत दस्तावेज उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सांगठनिक दस्तावेज महासचिव जनक चौधरी र आर्थिक प्रतिवेदन उपाध्यक्ष गुणराम आचार्यले पेश गर्दै हुनुहुन्छ’, प्रचार विभाग प्रमुख समेत रहेका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदनहरूमाथि समुह विभाजन भएर छलफल हुनेछ । छलफलपछि नीतिगत (विधान संशोधन) दस्तावेज पास गर्दै नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ । जिफन्ट नेताहरुका अनुसार सहमतिका आधारमा अध्यक्षमा पुन बिनोद श्रेष्ठलाई नै दोहोर्याउने तयारी छ । महाधिवेशनमा देशभरिका ५ सय बढी प्रतिनिधि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प