अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने
![अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने](https://rpcdn.ratopati.com/media/albums/ipo-share-cartoon_jo021p2qPL_cfCFDu9hYw.jpg)
अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्य ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २२ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओस्कार विजेता लेखक रोबर्ट टाउनको निधन
-
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल
-
मनाङको बाटो सधैँ जोखिमपूर्ण
-
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
-
बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा
-
संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न पदमबहादुर परियारको माग