सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
![सुनको मूल्य बढ्यो, चाँदीको घट्यो](https://rpcdn.ratopati.com/media/albums/gold_price_Agsw4krPez.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।
गत साताको बिहीबार तोलामा ९३ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको थियो । एकैदिन एक हजारले बढेको सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको हो । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ ।
यसका साथै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता
-
शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय
-
ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त
-
युवाको विदेशपलायन रोक्न स्टार्टअप उद्यमलाई प्रोत्साहन दिऔँ : सांसद शाक्य
-
समयको आवश्यकता र औचित्यका आधारमा बजेट वितरण भएको छ : अर्थमन्त्री पुन
-
प्रभु बैँक र होटल हिमालयबिच छुट सम्झौता