सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

डढेलोका कारण क्यालिफोर्नियामा आपत्काल घोषणा

आइतबार, ०८ साउन २०७९, १० : ३९
आइतबार, ०८ साउन २०७९

योसेमाइट राष्ट्रिय निकुञ्जमा डढेलो तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यका केही भागमा आपत्काल घोषणा गरिएको छ । गत शुक्रबारबाट सुरु भएको आगलागीलाई अग्नि नियन्त्रकहरूले काबुमा लिनका सङ्घर्ष गरिरहेका छन् । 

आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको छ । ४ हजार ८१५ हेक्टरमा फैलिएको यो डढेलो हाल अमेरिकामा सक्रिय सबैभन्दा ठूलो हो ।

म्यारिपोसा काउन्टीमा आपत्काल नै घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले गर्मी र सुख्खा मौसमका साथै खडेरीका कारण आगलागी तीव्र गतिमा फैलिरहेको जानकारी दिएका छन् । 

अमेरिकामा यतिबेला तातो हावाको कहर रहेको छ । मारिपोसामा शनिबार तापक्रम ३५.५ डिग्री सेल्सियस पुगेको थियो । यो क्रम केही दिनसम्म जारी रहने बताइएको छ ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप