सशस्त्रमा १४ जना कामु एसएसपी र दुई एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि कायम ४ वर्षे प्रावधानलाई संसोधन गरेर १६ जना अधिकृतहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाको नातेदार दिपेन्द्र कुँवरको दवावमा पदावधि संसोधन गरिएको सशस्त्र प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।
बढुवा समितिले क र ख जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरेको छ । कामु एसएसपीबाट एसएसपी हुनेमा १ नम्बरमा प्रवीण कँडेल छन् । दिपेन्द्र कुँवर (ख), विष्णु प्रसाद भट्ट, दिग बिजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधीर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल, उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन लाई बढुवा सिफारिस गरिएको छ ।
शसस्त्र प्रहरी उपरिक्षक किरण ढुंगाना र शंकर खनाल पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण