बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

शनिबार, ०७ साउन २०७९, २२ : ५५
शनिबार, ०७ साउन २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायततर्फ जाने क्रममा थापा आज कतार एयरवेजको विमानबाट दोहा गएका हुन् ।

करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुन सक्ने बताइएको छ ।

 भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता थापा पनि सँगै रहनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप