मंकीपक्स प्रकोप : विश्व स्वास्थ्य संगठनद्वारा ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा
मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो र विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि यस्तो निर्णय लिइएको हो ।
मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६,००० भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको बताए ।
वर्तमान अवस्थामा अन्य दुईवटा प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरिएको छ – ‘कोरोना भाइरस महामारी र पोलियो उन्मूलनको लागि भइरहेको निरन्तर प्रयास ।’ डा.टेड्रोसले संगठनको आपतकालीन समिति सुरुमा मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गर्ने कि नगर्ने भन्नेमा सहमतिमा पुग्न नसकेको तर प्रकोपको द्रुत विस्तारका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरेको बताए । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?