सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालसम्बद्ध युवाद्वारा राँके जुलुस प्रदर्शन

शनिबार, ०७ साउन २०७९, २० : २०
शनिबार, ०७ साउन २०७९

संसद्बाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‍याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका छन् । शनिबार साँझ नागरिकता विधेयकको बुँदाहरू विवादास्पद ,अनुचित र राष्ट्र हित विपरीत भएको  विरोधमा पार्टी सम्बद्ध युवक,विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका हुन् । 

नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर  देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठन युवक, विद्यार्थी र युवा मोर्चाले संसद्बाट पास गरिएको नागरिकता विधेयकको विरोध गरेको हो । विवाह गर्ना साथ कुनै पनि विदेशीले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कहीँ नभएको भन्दै नेताहरूले आक्रोश व्यक्त गरे । 

सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरूलाई जनताले दण्ड दिनुपर्ने उनीहरूको धारणा छ । विवाह गरेर आएकाहरूलाई समय सीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने प्रदर्शनकारीहरूको माग रहेको छ । बिशालगरबाट सुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी , चाइनिज एम्बेसी हुँदै बालुवाटार पुग्दा प्रहरी हस्तक्षेप गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप