शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

तालिबानको अत्याचार : युवकको हत्या गरेर सार्वजनिकरूपमा शव प्रदर्शन

शनिबार, ०७ साउन २०७९, २० : ०९
शनिबार, ०७ साउन २०७९

तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरेपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेको समाचारमा जनाइएको छ । 

तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि  उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

तालिवानको स्वेच्छाचारी हत्या बढीरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन् । 

अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको दश महिनामा मानवअधिकारको अवस्थामा सुधार हुनसकेको छैन । डर, दण्डहीनता, शक्तिको स्वेच्छाचारी बल प्रयोगको वातावरणको अन्त्य, उजुरी दर्ता गर्न र शक्ति दुरुपयोगको दस्तावेजीकरण गर्न अति कठिन एवम् जोखिमपूर्ण भएको राष्ट्रसङ्घीय मिसनले बताएको छ । परवान, कपिसा, बाघलान, थिथर, कान्दाहार, सारीपुल, नाङ्गरहार र समङ्गनमा यातना, दुव्र्यवहार, गैरकानूनी हत्या, स्वेच्छाचारी गिरफ्तारी, नजरबन्द र जबरजस्ती विस्थापन भइरहेका बताइएको छ । 

अफगानिस्तानको अन्तरराष्ट्रिय दायित्व अनुरूप मानवअधिकार उल्लङ्घनलाई रोक्न र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद् र अन्तरराष्ट्रिय फौजदारी अदालतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रसङ्घीय मिसनले जनाएको छ ।एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप