एनआरएनले भन्यो–नागरिकता विधेयक पारित हुनु स्वागतयोग्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित हुनु स्वागतयोग्य कुरा भएको बताएको छ । संघका अध्यक्ष विनोद कुँवरले विधेयकले गैरआवासीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघले नागरिकताको निरन्तरताको माग गर्दै आएको समेत बताए । यद्यपि, आफूहरुले उठाउँदै आएका धेरै मागहरु विधेयकले नसमेटेको अध्यक्ष कुँवरले बताए । सबै माग नसमेटेको भएपनि संविधानले गैरआवासीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनको दिशामा अघि बढेको भन्दै संघले त्यसको स्वागत गरेको उनले बताए ।
उनले विधेयकका पक्षमा मत राख्ने सबै सांसदहरुलाई धन्यवाद समेत दिए । ‘यस विधेयकमा संघले उठाउँदै आएका धेरै मागहरु त छैनन् तर नागरिकताको निरन्तरता माग पूरा हुने दिशामा अघि बढेको छ । गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार कार्यान्वयन हुन्छ भन्ने आशा र विश्वास बढेको छ, यसकारण संघ विधेयकको स्वागत गर्दछ’ कुँवरले भने ।
उनले विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संविधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको व्यबस्था गरिएको बताए ।
विधेयकमा आफूहरुका थुप्रै मागहरु नसमेटिएको भन्दै अध्यक्ष कुँवरले भने, ‘यस विधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संशोधनका लागि अनुरोध पनि गरेका थियौँ, केहि बुँदामा हाम्रो असहमति पनि छ । तर पनि संविधानले दिएको यो संवैधानिक अधिकार कार्यान्वयन गर्न यो विधेयकले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता एउटा उपलब्धि हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई