शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनले भन्यो–नागरिकता विधेयक पारित हुनु स्वागतयोग्य

शनिबार, ०७ साउन २०७९, १८ : १२
शनिबार, ०७ साउन २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित हुनु स्वागतयोग्य कुरा भएको बताएको छ । संघका अध्यक्ष विनोद कुँवरले विधेयकले गैरआवासीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघले नागरिकताको निरन्तरताको माग गर्दै आएको समेत बताए । यद्यपि, आफूहरुले उठाउँदै आएका धेरै मागहरु विधेयकले नसमेटेको अध्यक्ष कुँवरले बताए ।  सबै माग नसमेटेको भएपनि संविधानले गैरआवासीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनको दिशामा अघि बढेको भन्दै संघले त्यसको स्वागत गरेको उनले बताए ।

उनले विधेयकका पक्षमा मत राख्ने सबै सांसदहरुलाई धन्यवाद समेत दिए । ‘यस विधेयकमा संघले उठाउँदै आएका धेरै मागहरु त छैनन् तर नागरिकताको निरन्तरता माग पूरा हुने दिशामा अघि बढेको छ । गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार कार्यान्वयन हुन्छ भन्ने आशा र विश्वास बढेको छ, यसकारण संघ विधेयकको स्वागत गर्दछ’ कुँवरले भने ।

उनले विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संविधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको व्यबस्था गरिएको बताए ।

विधेयकमा आफूहरुका थुप्रै मागहरु नसमेटिएको भन्दै अध्यक्ष कुँवरले  भने, ‘यस विधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संशोधनका लागि अनुरोध पनि गरेका थियौँ, केहि बुँदामा हाम्रो असहमति पनि छ । तर पनि संविधानले दिएको यो संवैधानिक अधिकार कार्यान्वयन गर्न यो विधेयकले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता एउटा उपलब्धि हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप