पूर्वी नाकाबाट कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी
पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट रु नौ अर्ब चार करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ ।
निर्यातको तुलनामा करिब रु एक अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री रु एक अर्ब २१ करोड नौ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन रु एक अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी रु १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल रु ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेशिया सुपारीलगायत मसलाजन्य सामग्री रु पाँच अर्ब चार करोड २५ लाख २८ हजार आयात भएको छ ।
उनले सोही अवधिमा ताजा तरकारी रु छ करोड ६४ लाख ९५ हजार, सुगनकोकिला, दाल चिनीलगायतका जडीबुटी रु ७० करोड पाँच लाख ३० हजार, मुसुरो दाल रु ४७ करोड ३२ लाख सात हजार, चिया रु दुई अर्ब २२ करोड ५६ लाख १५ हजार, अदुवा, अलैँची, वन लसुन रु चार अर्ब ६६ करोड ३६ लाख दुई हजार, तोरीको पिना, अम्रिसो, चामल रु ७४ करोड ८३ लाख ८४ हजार गरी जम्मा रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको सामान निर्यात भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?
-
कटहरियामा १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित
-
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु