शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादी समूहद्वारा निन्दा

शनिबार, ०७ साउन २०७९, १७ : ३८
शनिबार, ०७ साउन २०७९

न्युयोर्क–न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच  (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारी विरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ ।

सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए । सो क्रममा ९ जना पक्राउ परेका थिए ।  प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको थियो । 

पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप