साताको सेयर बजार– परिसूचक ८ अंकले बढ्यो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८ अंक बढेको छ । गत साताको शुक्रबार २००९ अंकमा रहेको नेप्से परिसूचक यो साता सामान्य अंकले बढेर २०१७ अंकमा पुगेर बन्द भएको हो । सातामा ६ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन बढेको थियो । सातामा दुई दिन घटे पनि समग्रमा नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको हो । यस्तै, यो साता सेन्सेटिभ समूह ०.३३ अंकले बढेको छ ।
नेप्से परिसूचक सामान्य अंकले बढेपनि यो साता कारोबार रकम भने घटेको छ । यो साता कारोबार भएको ६ दिनमा ९ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साता ९ अर्ब ९६ करोड रुपैयाँको किनबेच भएको थियो । जुन, यो साताको तुलनामा ३० करोड बढी हो ।
नेप्से परिसूचकसँगै यो साता कूल बजार पूँजीकरण समेत बढेको छ । साताभरमा ११ अर्ब रुपैयाँले बजार पूँजीकरण बढेर २८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो । गत साता नेप्सेको बजार पूँजीकरण २८ खर्ब ६९ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रक्षा प्रमुखका लागि प्रस्ताव गरेका हेगसेथ परे ४ घण्टे केरकारमा
-
लमजुङमा धान उत्पादन बढ्यो
-
१२ बजे, १२ समाचार : ओलीको आलोचना गर्दा अर्का नेतालाई कारबाहीको डण्डादेखि राष्ट्रपतिलाई अध्यादेशले तनावसम्म
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा