मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार– परिसूचक ८ अंकले बढ्यो

शनिबार, ०७ साउन २०७९, १७ : ११
शनिबार, ०७ साउन २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८ अंक बढेको छ । गत साताको शुक्रबार २००९ अंकमा रहेको नेप्से परिसूचक यो साता सामान्य अंकले बढेर २०१७ अंकमा पुगेर बन्द भएको हो । सातामा ६ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन बढेको थियो । सातामा दुई दिन घटे पनि समग्रमा नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको हो । यस्तै, यो साता सेन्सेटिभ समूह ०.३३ अंकले बढेको छ ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि यो साता कारोबार रकम भने घटेको छ । यो साता कारोबार भएको ६ दिनमा ९ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साता ९ अर्ब ९६ करोड रुपैयाँको किनबेच भएको थियो । जुन, यो साताको तुलनामा ३० करोड बढी हो ।

नेप्से परिसूचकसँगै यो साता कूल बजार पूँजीकरण समेत बढेको छ । साताभरमा ११ अर्ब रुपैयाँले बजार पूँजीकरण बढेर २८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो । गत साता नेप्सेको बजार पूँजीकरण २८ खर्ब ६९ अर्ब रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप