प्रचण्ड र माधव नेपाल गद्दार हुन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताए ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’
साथै उनले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी समेत गर्न भ्याए । उनले भने, ‘०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ । त्यो उहाँको भ्रमपूर्ण तर्क हो ।’ उनले माधव नेपाललाई आदर्शका गफ दिने व्यक्तिको रुपमा समेत चित्रित गरे ।
नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए । उनले भने, ‘त्यो भनेको एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो,’ पोखरेलले भने, ‘त्यसमा जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा छन् ।’ देउवाको बाटोमा हिँडेर प्रचण्ड र माधव नेपालले गद्दारी गरिरहेको बताउँदै उनले एमालेको नेतृत्वमाथि आक्रमण भइरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता