सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

विवेकशील साझा पार्टीका कर्णाली संयोजक दाहाल एमालेमा प्रवेश

एमाले समाजवाद बोकेको पार्टी भएकाले प्रवेश गरेको हुँ : दाहाल
शनिबार, ०७ साउन २०७९, १३ : ३१
शनिबार, ०७ साउन २०७९

विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश गरेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन् । 

शनिबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित प्रशिक्षण भेला कार्यक्रममा दाहालसहित सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्मा, माओवादी केन्द्र वीरेन्द्रनगर ४ का वडा सचिव पुर्णप्रसाद पाण्डे (जैसी), वीरबहादुर विश्वकर्मा, समाजवादीका जिल्ला सदस्य यामराज शर्मा, डिल्लीराम लम्साल लगायत विवेकशीलका ८२६ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।  

दाहाल ०७४ को स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार समेत बनेका थिए ।  पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने,‘ एमाले समाजवाद बोकेको पार्टी भएकाले प्रवेश गरेको हुँ ।’ 

साथै उनले पुँजीवाद व्यवस्थाको विरुद्धमा आफु उभिएको बताए । उनले भने, ‘पुँजीवाद व्यवस्था विरुद्धमा मेरो लाल सलाम..!’ शनिबार महासचिव पोखरेलले प्रदेशका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप