संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा
शनिबार, ०७ साउन २०७९, १२ : ०८

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।
साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले संघीय शिक्षा ऐन ल्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनका विदेशमन्त्री र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबिच के छलफल भयो?
-
युक्रेनसँग ‘सिधा वार्ता’ गर्ने पुटिनको प्रस्ताव
-
तरुण दल चौतारा नगरपालिका अध्यक्षमा अमिर तामाङ निर्वाचित
-
मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
-
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
-
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने