धादिङमा बँदेल आतंक, गाउँमा पसेर बाली सखाप पार्यो
शनिबार, ०७ साउन २०७९, ११ : २४

धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ ।
धादिङका कृषकहरूको मुख्य आय श्रोत मकैबाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् । मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ ।
यस क्षेत्रको अवलोकन गरेपछि बाली संरक्षण अधिकृत राजेन्द्र रुपाखेतीले कृषकको समस्यामा स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बद्ध सवै गम्भीर हुनुपर्नेमा जाेड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
-
तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ
-
नदी नभई फोहोर पोखरीजस्ता भए दल र राजावादी हौसिए
-
हितेन्द्रदेवलाई ऊर्जामन्त्रीले दिए यस्तो निर्देशन
-
आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो – मन्त्री भण्डारी