आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अबदेखि उत्पादनशील र व्यापारिक क्षेत्रमा छुट्टाछुट्टै ब्याजदर

शनिबार, ०७ साउन २०७९, ११ : १६
शनिबार, ०७ साउन २०७९

नेपाल राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई र व्यापारिक क्षेत्रलाई भिन्नाभिन्नै ब्याजदरको व्यवस्था कायम गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उत्पादनमूलक उद्योग र व्यापरिक क्षेत्रबीच भिन्न–भिन्नै ब्याजदर कायम गरेको हो ।

‘उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ, ‘हाललाई उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप्नुपर्ने हुन्छ ।’

र, यसरी पाइने उद्योगको सूचीमा कर्जा खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग छन् । यी उद्योगले २ करोडसम्मको कर्जा लिँदा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप्न पाइने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप