कविता– अब बाँदर सिंहदरबार छिर्नुपर्छ
अब बाँदर सिंहदरबार छिर्नुपर्छ ।
गाउँका माथिल्ला आटीमा मात्र किन ?
अब सहरमा पनि बाँदर छिर्नुपर्छ ।
गाउँबाट आएका तरकारीहरू
छि ! दाग लागेको रहेछ भन्नेहरुले
बाँदर कुर्दै पालैपालो भात खानुपर्छ ।
सहरका मान्छे बाँदर देख्दा सेल्फी लिन्छन्
गाउँका मान्छे हत्तपत्त ढुङ्गा टिप्छन्
अब बिस्तारै सबैले अनुभव गर्नुपर्छ
बाँदर जसरी पनि सिंहदरबार छिर्नुपर्छ ।
बाँदर जस्तै स्तनधारी प्राणी छिरेकै हो
हामी सबैले मज्जासँगै चिनेकै हो ।
अब साँच्चिकै बाँदर छिर्नुपर्छ
कमिसनका फाइल जसरी नि च्यात्नुपर्छ ।
भगवान श्रीरामलाई बाँदरले सहयोग गरे
सीताको खोजीमा ठुलो साथ दिए
अब जनतालाई बाँदरले साथ दिन्छन्
भ्रष्ट नेतालाई ठेगान लगाउँछन् ।
विचरा जनता जनावरकै भरमा हो
विकास हेर्ने ठुलो रहरमा हो
बाँदरको दुख सबैले अनुभव गर्नुपर्छ
अब बाँदर जसरी नि सिंहदरबार छिर्नुपर्छ ।
-बगनासकाली ८, पाल्पा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया
-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी