ब्राजिलमा प्रहरी कारबाहीमा १६ जनाको मृत्यु
शनिबार, ०७ साउन २०७९, ०८ : ४०

ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको हो ।
अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना संदिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ ।
प्रहरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका हजारौं मानिस आफ्नो घरबाट बाहिर निस्कन पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
-
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर
-
सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि दुई समूह भिड्दै
-
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र