अनेरास्ववियुको विधान महाधिवेशन असोजमा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म सङ्गठनको विधानबारे छलफल गर्नका लागि महाधिवेशन बोलाएको अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।
यस्तै बैठकले जिल्ला र सो मातहतका कमिटीको अधिवेशन साउन महिनाभित्र सक्न निर्देशन दिएको छ । अध्यक्ष बरालले विधान महाधिवेशनमा सङ्गठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमाथि छलफल हुनेछ । उनले विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशन गर्ने बताइन् ।
यसैगरी भदौ १५ गतेभित्र प्रदेशस्तरीय शिक्षण तथा भेला र विश्वविद्यालय राष्ट्रिय कमिटीका सम्मेलन, भेला गर्ने निर्णय गरिएको छ । बैठकले विश्वविद्यालयमा नियमितरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन केन्द्रीय कमिटी र क्याम्पस तहका स्ववियु निर्वाचनको आवश्यकता सन्र्दभमा रचनात्मक दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष बरालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’