शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारले दिने खानाको १५ लाख रकम अस्पतालले पाएन

शुक्रबार, ०६ साउन २०७९, २० : ५०
शुक्रबार, ०६ साउन २०७९

लमजुङ जिल्ला अस्पतालमा विरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको विरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैया नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।  

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने विरामी खाना खर्च नपाउँदा गत श्रावणदेखि उधारो खाना खुवाउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका विरामीका लागि नियमित रुपमा खाना खुवाउँदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । 

अस्पतालका अनुसार गत श्रावण महिनादेखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चारहजार तीनसय ५१ जना विरामीहरुका लागि अस्पतालले खाना खुवाएको छ । सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैयाँ पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ । प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । विरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटकसम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए । 
 
जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहि अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो । रकम निकासा नहुँदा खाना उपलब्ध गराउँदै आएका व्यक्ती निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप