मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

प्रचण्डले भने - आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादीले गर्छ

शुक्रबार, ०६ साउन २०७९, २० : ४३
शुक्रबार, ०६ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादी केन्द्रले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी संघ र प्रदेशको निर्वाचनमा  माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए । 

प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेतारकार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए । प्रचण्डले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसदबाट नागरिकताबारे निर्णय हुन लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप