बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति शनिबार अष्ट्रेलिया जाँदै

शुक्रबार, ०६ साउन २०७९, २० : ०७
शुक्रबार, ०६ साउन २०७९

प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाँदै छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने  रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन शर्मा अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन् ।

प्रधानसेनापति शनिवार अष्ट्रेलिया प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । युएस इन्डोपेशिफिक कमाण्डले आयोजना गरेको ‘​Annual Chiefs of Defense (CHOD) Conference-2022’ साउन ९ देखी ११ गतेसम्म संचालन हुनेछ ।

असार ३१ मा मन्त्रिपरिषद्ले प्रधानसनापतिको भ्रमण स्विकृत गरेको थियो । सो सम्मेलनमा नेपाली सेना २०५६ देखि सहभागी हुँदै आएको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा र सहयोगका बारेमा छलफल गर्नेछन् ।

प्रधान सेनापति शर्मालाई शुक्रबार जंगी अड्डामा सेनाको टुकडीले सम्मान सहित बिदाई गरेको छ । उनको अनुपस्थितीतमा रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार समाल्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप