शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र संकटमा हुँदा आयात गर्ने/नगर्ने अधिकार सरकार र राष्ट्र बैंकको हो : शेखर गोल्छा

शुक्रबार, ०६ साउन २०७९, १९ : ३३
शुक्रबार, ०६ साउन २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने/नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन् । शुक्रवार नेकपा (एमाले) को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहुँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताएका हुन् । 

उनले अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ ? यो समयमा के आयात गर्नुहुन्छ ? के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको बताए । उनले निजी क्षेत्र स्वभावैले नाफामुखीमा विश्वास गर्ने कुरा अस्वीकार गर्न नसक्ने बताए । अध्यक्ष गोल्छाले  निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कस्ट अफ डुइङ अत्याधिक हुनु रहेको दाबी गरे । उनले  कस्ट अफ डुइङ बिजनेस नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने जिकिर गरे । अध्यक्ष गोल्छाले अनुउत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत नउठ्ने बताए । उनले अहिले सरकारले उठाएको राजश्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको भन्दै गाडी, मोटरसाइलको आयातलाई रोक्दा राजश्व समेत रोकिने बताए ।  अध्यक्ष गोल्छाले बैंकको ब्याजदर ६ महिनामा ७० प्रतिशत ब्याजदर बढ्न राम्रो नभएको बताए ।

अध्यक्ष गोल्छाले निर्माण उद्योगमा मात्रै ४० प्रतिशत वस्तुको मागमा कमी आएको बताए । अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसके आउने आर्थिक वर्ष पनि राजश्वमा ठूलो ह्रास आउने दाबी गर्दै सधारण खर्च पनि धान्न गाह्रो हने बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको खण्डमा सधारण खर्च धान्न पनि कर्जा लिनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप