शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हामी बलियो हुन लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ : नेता भुसाल

शुक्रबार, ०६ साउन २०७९, १९ : २२
शुक्रबार, ०६ साउन २०७९

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीलाई बलियो बनाउनका लागि लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले एमालेलाई बलियो बनाउन न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा एमाले मुलुकको सर्वथा प्रभावकारी, सर्वथा बढी योगदान गरेको तथा न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा सबैभन्दा बढी योगदान गरेको पार्टी भएकाले यो पार्टीमा आज राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी वोध हुनुपर्छ। अब हामी बलियो हुनका लागि न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ।’

उनले पार्टी बलियो हुनका लागि लोकतन्त्रको आन्दोलनमा योगदान दिनुभन्दा अरु विकल्प नरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप