बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमपीएको लाइसेन्स परीक्षाको छुट्टाछुट्टै सूचना प्रकाशनप्रति जनस्वास्थ्य संघको आपत्ति

शुक्रबार, ०६ साउन २०७९, १८ : ५६
शुक्रबार, ०६ साउन २०७९

नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य विषयमा स्नातकोत्तर एमपीए अध्ययन गरेकाको नाम दर्ता (लाइसेन्स)परीक्षा छुट्टाछुट्टै सूचना प्रकाशन गरिएकोप्रति गम्भीर ध्यान आर्कषण भएको जनाएको छ । नेपाल जनस्वास्थ्य संघले शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल मेडिकल काउन्सिलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेकोप्रति आपत्ती जनाएको हो ।

एकै विषयको लाइसेन्स परीक्षाका लागि दुई निकायहरुले दर्ता परीक्षा लिँदा सरकारी निकायको दोहोरोपन देखिएको संघका अध्यक्ष बसन्त अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुई जिम्मेवार निकायले जनस्वास्थ्य व्यवसायीमा दुविधा, शिक्षण संस्थाको नियमनमा असहजता भई समग्र स्वास्थ्य प्रणालीको गुणस्तर कायम गर्न नसकिने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘एकै तह, एकै विषयको उस्तै प्रकृतिको नाम दर्ता परीक्षालाई दुई फरक निकायहरुले संचालन गर्नु कुनै पनि तबरबाट वाञ्छनीय नहुने भएकाले नेपाल सरकारबाट जारी भएका विद्यमान ऐन, कानुन तथा नियमावलीहरुको अधीनमा रहि जनस्वास्थ्य विषयको नाम दर्ता परीक्षालाई दोहोरोपन नहुने गरी संचालन गर्नुपर्ने यस संघको निस्कर्ष छ ।’

यस विषयमा केहि दिनदेखि सामाजिक संञ्जाल तथा अनौपचारिक रुपमा समेत छलफल हुँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप