मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय विभागमा न्यायाधीश रहेको ओलीको दाबी

शुक्रबार, ०६ साउन २०७९, १८ : २९
शुक्रबार, ०६ साउन २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको बताएका छन् । ‘सवै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन’, ओलीले भने, ‘म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।’ 

शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको अन्तरक्रियामा पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले ल्याएको बजेट भ्रष्ट भएको टिप्पणी पनि गरे । ‘यो भ्रष्ट बजेट हो । फुटेज हटाउनु र ड्यामेज गर्नु नै पर्याप्त छैन र ? हल्लालाई बहस र बहसलाई हल्लामा परिणत गर्ने मेरो रुची छैन’, ओलीको भनाइ छ । ओलीले यति होल्डिङसलाई राजतन्त्रका पालामा दिएको र सुशिल कोइरालाका पालमा ट्रान्सफर गरेका भन्दै बचाउ गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले विकास र निर्माणका सही नीति लिएको दावी समेत गरे । 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा प्रतिष्ठानले गर्ने कामका बारेमा चर्चा गर्दै कम्युनिस्ट आन्दोलन तथा पार्टीले भविष्यमा लिने नीति र सरकारका कामकारवाहीबारे विश्लेषण गर्ने जानकारी दिएका थिए । त्यस्तै पुर्व अर्थमन्त्री समेत रहेका एमाले नेता युवराज खतिवडाले वर्तमान अर्थतन्त्रबारे समिक्षात्मक टिप्पणी गरेका थिए । उनले दक्षिण एसियामा नेपाल अर्थतन्त्रको हिसावले कहाँ छ र वर्तमान सरकारको क्रियाकलाप र अर्थतन्त्रका बारेमा प्रस्तुती दिएका थिए । 

उनले विगत दुई दशकको स्थिति हेर्दा सशस्त्र द्वन्द्वका कारण मुलुकका आर्थिक जुइना खुस्काएको तथा त्यसपछि ७२ को भुकम्प र कोभिडलगायतले पनि असर गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप