द्रौपदी मुर्मूलाई विपक्षी दलका सदस्यले पनि मत दिएको खुलासा
भारतको राष्ट्रपति निर्वाचनमा सत्तारुढ नेसनल डेमाक्रेटिक एलियसन्स(एनडीए)की उम्मेदवार द्रौपदी मुर्मूले विपक्षी दलका संयुक्त उम्मेदवार यशवन्त सिन्हालाई भारी मतान्तरले पराजित गरिन् । अन्तिम मतपरिणाम अनुसार मुर्मूले ६४.०३ प्रतिशत र यशवन्त सिन्हाले ३५.९७ प्रतिशत मत प्राप्त गरेका थिए । मुर्मूको उम्मेदवारीलाई ४४ साना ठूला दलले समर्थन गरेका थिए ।
तर निर्वाचनको क्रममा उनलाई विपक्षीहरुले पनि मत दिएको पाइएको छ । अर्थात मुर्मूको पक्षमा ठूलो संख्यामा क्रस भोटिङ पनि भयो । हिन्दुस्तान टाइम्सले भाजपा पदाधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘एनडीए र र सहयोगी दलहरू बाहेक, मुर्मूलाई १७ सांसद र १२६ विधायकहरूको समर्थन प्राप्त भयो ।’
सबैभन्दा बढी क्रस भोटिङ असममा भएको थियो । असममा २२ क्रस भोट र मध्य प्रदेशमा १९ क्रस भोट परेका थिए । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार ,‘ १२६ सदस्यीय असम विधान सभाबाट द्रौपदी मुर्मूले १०४ मत प्राप्त गरिन् । जबकि असम विधान सभामा एनडीएका ७९ सदस्य मात्र छन् । दुई विधान सभाका सदस्य भने मतदानमा अनुपस्थित थिए । ’
भारतको १५औँ राष्ट्रपतिका लागि जुलाई १८ मा मतदान भएको थियो । मतगणना भने जुलाई २१ विहान ११ बजेबाट सुरु भएको थियो । मुर्मूले पहिलो चरणदेखि राति आठ बजेसम्म नतिजा आउदाँसम्म अग्रता कायम गरेकी थिइन् । राज्यसभाका महासचिव पीसी मुडीले मुर्मूको नाम घोषणा गरे ।
क्रस भोटिङले ‘विपक्षी दलमा एकताको अभाव’लाई इंगित गरेको विज्ञले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने