शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रहरीका ३२ एसएसपीको पदस्थापन (सूचीसहित)

शुक्रबार, ०६ साउन २०७९, १८ : ००
शुक्रबार, ०६ साउन २०७९

गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू  (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ ।  सुशीलसिंह राठौरलाई मानवस्रोत विकास विभागमा, उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र दानबहादुर कार्कीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पदस्थापन गरिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राजेन्द्रप्रसाद भट्टलाई पदस्थापन गरिएको छ । सिआइबीमा दिनेशकुमार आचार्य र अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को कहाँ पदस्थापन भए ? (सूची)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप