बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यथावत, बैंकहरूले अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्नुपर्ने

शुक्रबार, ०६ साउन २०७९, १७ : २५
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यथावत राखेको छ । चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले केही वस्तुको एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्था यथावत कायम राखेको हो ।

गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै त्यो व्यवस्था यथावत रहेको र त्यसलाई पुनरावलोकन गर्दै लगिने बताए । यस्तै, बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका एलसी खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले चालू वर्षमा वैदेशिक विनिमयको सञ्चितीमा दबाब कम गर्ने लक्ष्यसहित आयातमा गरिएको कडाइलाई निरन्तरता दिएको हो । राष्ट्र बैंकले चालू वर्षमा ७ महिनाको वस्तु तथा सेवा धान्न सक्नेगरी वैदेशिक विनिमयको सञ्चिति राख्ने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप